खेल

नेपालको चुनौती समाप्त

काठमाडौं – मायांका राणा बिहीबार भारतकी प्रिंकल सिंहसँग पराजित भएपछि नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ।

सातदोबाटोस्थित लन टेनिस कोर्टमा महिला एकलतर्फ प्रिंकलले मायांका राणालाई ६–१, ६–७(४), ७–५ को सेटमा पराजित गरेकी थिइन् । जितसँगै प्रिंकलले अन्तिम चारमा स्थान पक्का गरेकी छिन् । बिहीबारै चीनको यिमिङ दाङले भारतकी तृषा विनोदलाई ६–३, ३–६, ६–२ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाइन् । हङकङकी चुई केई लिउङले भारतकी रुदया शाहलाई ६–४, ६–० तथा जापानकी मियो कोजाकीले भारतकी सान्या सिंहलाई ६–१, ६–१ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

पुरुष एकलमा कोरियाका जि हो लीले भारतका नाइथाउलिन केल्भिन गोल्मेइलाई ०–६, ६–३, ६–४, मलेसियाका जियान कियोङ ताकेसी काइले जापानका केइजु मियाकेलाई ७–६(२), ६–३, जापानका दाइसुके इनागावाले भारतका आर्यन जाभेरीलाई ६–२, ३–६, ६–४ तथा जापानका ताइसेइ कागेयामाले चीनका वेन्माउ लिलाई ६–४, ६–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाए ।

पुरुष युगलमा भारतका नाइथाउलिन र शशिकान्त राजपुत तथा भारतका अनुराग अग्रवाल र पोल्यान्डका मिचल वार्गोक्कीको जोडी उपाधिका लागि भिड्ने छन् । महिला युगलमा चीनकी यिमिङ र जापानकी मानामीको जोडीले फाइनलमा स्थान बनायो । अर्को सेमिफाइनल हुन बाँकी छ ।
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०३:१९ शुक्रबार

नेपालको चुनौती समाप्त