खेल

हरिहरपुरगढीलाई उपाधि

मकवानपुर – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको पूर्वी क्षेत्रमा आयोजित प्रथम बागमती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको भएको छ । बिहीबार भएको फाइनल खेलमा राईगाउँ युवा क्लबलाई १–० ले पराजित गर्दै हरिहरपुरले उपाधि जितेको हो ।

प्रतियोगिताको विजेता हरिहरपुले नगद १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राईगाउँले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।बाग्मती गाउँपालिकाको फापरबारीमा भएको प्रतियोगिताको ६०औं मिनेटमा हरिहरपुरका विवेक चौधरीले निर्णायक गोल गरेका थिए ।

प्रतियोगितामा राईगाउँ युवा क्लबका सुनील तामाङ सर्वोत्कृष्ट खेलाडी भए भने हरिहरपुर गाउँपालिकाका अनवंश राई सर्वाधिक गोलकर्ता भएको आयोजक बागमती गाउँपालिका, खेलकुद विकास समितिका अध्यक्ष अरुण बल लामाले बताए ।माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०३:१६ शुक्रबार

हरिहरपुरगढीलाई उपाधि