खेल

ब्याडमिन्टन संघका अध्यक्षलाई पितृशोक

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठलाई पितृशोक परेको छ ।

अध्यक्ष श्रेष्ठका पिता जीत बहादुर श्रेष्ठको ८७ बर्षको उमेरमा आज साँझ टिचिङ् अस्पतालमा उपचारका क्रममा निधन भएको संघका उपमहासचिव नविन विक्रम शाहले जानकारी गराए।

स्वर्गीय श्रेष्ठको पार्थिव शरिरको आजै आर्यघाटमा दाह संस्कार गरिने समेत उपमहासचिव शाहले जानकारी गराए।स्वर्गीय श्रेष्ठ लामो समय देखि विभिन्न रोगको उपचार गराईरहेका थिए।

प्रकाशित: २० पुस २०८० १५:१५ शुक्रबार

ब्याडमिन्टन संघकाअध्यक्षलाई पितृ शोक