खेल

एशिया कपको खराब पक्ष बिर्सेर विश्वकप खेल्छौं: कप्तान खनाल

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले एशिया कपको खराब पक्ष बिर्सेर आगामी आइसिसी युु–१९ विश्वकपमा राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली युवा टोलीले दक्षिण अफ्रिकाका हुने आइसिसी यु–१९ विश्वकप खेल्दैछ। सो विश्वकप खेल्न जाने नेपाली युवा टोलीको बिदाई कार्यक्रममा शुक्रवार कप्तान देवले एशिया कपमा गरेको खराब प्रदर्शनलाई बिर्सेर आगामी विश्वकपमा सुखद् नतिजा ल्याउने आशा गरे। आगामी खेलमा राम्रो प्रदर्शन गर्नेमा सबै सहकर्मी तयार रहेको उनको विश्वास छ। उनले नेपाली टोलीको लक्ष्य सुपर आठमा पुग्ने बताए।

यस पटक यु–१९ विश्वकप दक्षिण अफ्रिकामा आगामी जनवरी १९ देखी फेब्रुअरी ११ सम्म हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार उक्त विश्वकप खेल्न जाने सो टोली टोलीको बिदाइ गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले उक्त टोलीलाई बिदाई गरे। सो अवसरमा युवा टोलीका कप्तान देवले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सञ्चालन भएकाले आवश्यक मात्र प्रशिक्षण गर्न नपाएको उल्लेख गर्दै विदेशी टोलीसँग पनि अभ्यास खेलको अभाव भएको दुखेसो गरे।

प्रकाशित: २० पुस २०८० १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App