खेल

फर्स्टस्टेप प्रिस्कुलको स्पोर्टस् डे सुरु: सिवांसले जिते तीन स्वर्ण

सतुङ्गगलस्थित फर्स्टस्टेप प्रिस्कुलको स्पोर्टस् डे आजबाट सुरु भएको छ। तीन दिन सम्म संचालन हुने स्पोर्टस् डे मा विद्यालयका विद्याथीहरुविच विभिन्न स्पर्धा गराई प्रतिस्पर्धा गराईएको थियो। आज सम्पन्न प्रतियोगिताहरुमा ३० मिटर खुल्ला दौड, चम्चा गुच्चा दौड, रिङ्ग दौड, रिले दौड र स्वीट्स दौड गरि चार विधामा विद्याथीविच प्रतिस्पर्धा गराईएको थियो।

खुल्ला दौड तर्फ सिवांस भट्टराई प्रथम, श्रीतीजा सिलवाल द्वितीय र आयान पौडेल तृतीय भएका छन्। चम्चा दौडमा सिवांस भट्टराई, श्रीतिजा सिलवाल द्वितीय र युविका घिमिरे, प्रशंसा भट्टराई तथा युकी महर्जन संयुक्त तेश्रो भए। रिले दौड तर्फ सिवांस भट्टराइ प्रथम, नमाशी पण्डीत द्वितीय र प्रज्वल राउत तृतीय भए। रिङ्ग दौड तर्फ प्रिजेश जंग बस्नेत, साईरा बराल र अभिश्री न्यौपाने क्रमश प्रथम, द्वितीय र तृतीय भए। स्विट्स दौडमा इभाना दुमासे, सहर्ष राना र आसिरमान ढुङ्गाना पहिलो, दोश्रो र तेश्रो भए।

विद्याथीहरुमा अन्तरनिहित खेल क्षमताको अभिबृद्धि गर्दै साना बालबालिकाहरुको मानसिक विकास गरि भविश्यमा स्वस्थ्य नागरिक र खेलाडी उत्पादन गर्ने उद्धेश्यले स्पोर्टस् डे को आयोजना गरिएको स्कुल प्रिन्सिपल कृष्णा शर्मा पन्थीले जानकारी गराईन्।

प्रकाशित: १८ पुस २०८० १३:०६ बुधबार

फर्स्टस्टेप प्रिस्कुलको स्पोर्टस् डे सुरु: सिवांसले जिते तीन स्वर्ण