खेल

१० औं राष्ट्रिय खेलकुद कर्णालीलाई चुनौती र अवसर: पोखरेल

पत्रकारमाझ आफ्नो भनाई राख्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल।तस्बिर: गोविन्द केसी/नागरिक

कर्णालीमा २०८१ मा हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता चुनौतीसँगै अवसर पनि भएको कर्णालीका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले बताएका छन्।

 नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले सञ्चारकर्मीका लागि आयोजना गरेको खेलकुद पत्रकारिता सम्बन्धी तालिमको उद्घाटनमा बोल्दै मन्त्री खड्काले कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक हुने बताएका हुन्।

खेल मैदानहरू निर्माण भईरहेको र आर्थिक श्रोत जुटाउने कार्य पनि अगाडी बढी रहेको भन्दै मन्त्री पोखरेलले कर्णालीमा प्रतियोगिता हुनु आफैमा चुनौतीसँगै अवसरका रुपमा पनि लिएको बताए। कर्णालीका १० जिल्लामा कहाँ केके प्रतियोगिता गर्न सकिन्छ अध्ययन भईरहेको समेत बताए।

मन्त्रीले पोखरेलले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन सबैले आआफ्नो ठाउँबाट भरपुर रुपमा सहयोग गर्नु आग्रह गरे। खेलकुद प्रतियोगितामा सहयोग होस् भनेर कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा पत्रकारहरूका लागि खेलकुद सम्बन्धी २ दिने तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले बताए।

प्रकाशित: १८ पुस २०८० ११:०१ बुधबार

१० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश