खेल

हिरानो र चियाको जोडी च्याम्पियन

काठमाडौं – जापानका ताइयो हिरानो र ताइपेईका चिया फान साउको जोडीले शुक्रबार नेपाल आइटिएफ जुनियर यु–१८ सर्किट वान टेनिस प्रतियोगितामा पुरुष युगलको  उपाधि जितेको छ।

हिरानो र चिया फानको जोडीले फाइनलमा चीनका वेन्माउ ली र याङ झुवानको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा हराएको थियो।
महिला युगलमा हङकङकी चुइ केइ लिउङ र भारतकी सान्या सिंहको जोडीले भारतका स्मृति भासिन र रुदया शाहको जोडीलाई ६–०, ७–५ को नतिजामा हराउँदै उपाधि जित्यो।
 

प्रकाशित: २७ माघ २०७४ ०४:१५ शनिबार

हिरानो चियाको जोडी च्याम्पियन