खेल

तुलाधर र आचार्य उत्कृष्ट

ज्ञान संस्कार खेलकुद सप्ताहको ब्वाइजमा लसिक तुलाधर र गर्ल्समा उपमा आचार्य उत्कृष्ट खेलाडी घोषित भएका छन्।

दुवैले समान ४/४ पदक जिते। पाराबोला हाउसले वर्षको उत्कृष्ट हाउस अफ दी एयरको अवार्ड जित्यो। बेस्ट पिरामिड अवार्ड प्रिजम हाउसले पायो। त्यस्तै एलिप्स हाउस मार्च पास्टमा उत्कृष्ट बन्यो।

खेलकुद सप्ताहमा स्केटिङ, थ्री बाइ थ्री बास्केटबल, एथलेटिक्स, फन गेम्स लगायतको प्रतिस्पर्धा भएको थियो। हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र ज्ञान संस्कार स्कुलकी प्रिन्सिपल निलम बानियाँ बडूलगायतले पुरस्कृत गरे।

प्रकाशित: १७ पुस २०८० ०२:१७ मंगलबार

नेपाल बास्केटबल संघ तुलाधर र आचार्य उत्कृष्ट ज्ञान संस्कार खेलकुद सप्ताह