खेल

नामिबियाद्वारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु अन्तर्गतको खेलमा नामिबियाले नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ३४ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनायो। नामिबियाका लागि सीजी विलियम्सले सर्वाधिक ४१ रन बनाए। भ्याण्डेर र फ्रेलिकले समान २२ रन जोडे।   

बलिङतर्फ नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले ३, शरद भेष्वाकर, बसन्त रेग्मी र पारस खड्काले समान १–१ विकेट लिए।

प्रकाशित: २५ माघ २०७४ १०:०० बिहीबार

नामिबियाद्वारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत