खेल

स्वान्सीलाई रबाफिलो नतिजा

तस्विर : एपी

लन्डन – स्वान्सी सिटीले एफए कपको क्लब इतिहासमा सबै भन्दा फराकिलो जित दर्ता गर्ने क्रममा मंगलबार चौथो चरणको रिप्लेमा नट्स काउन्टीमाथि ८–१ को रबाफिलो नतिजा निकालेको छ ।

लिबर्टी रंगशालामा सम्पन्न खेलमा स्वान्सीको सानदार जितमा नाथन डायर र ट्यामी इब्राहिमले समान २-२ तथा काइले नोउटन, वाइने रोट्लेड्ज, थोमस क्यारोल र डायनल जेम्सले १÷१ गोल गरे । काउन्टीका नुर हुुसेनले सान्त्वना  गोल गरे ।१८औं मिनेटमा इब्राहिमको गोलमा स्वान्सीले लिएको अग्रतालाई त्यसको दुई मिनेटपछि डायरले गोल गर्दै दोब्बर पारेका थिए ।३०औं मिनेटमा डायरले गोल गर्दै स्वान्सीको अग्रता बढाए पनि त्यसको ५ मिनेटपछि हुसेनको गोलमा काउन्टीले खेलमा फर्कने संकेत गरेको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा इब्राहिमलले गोल गर्दै स्वान्सीलाई ४–१ को अग्रता दिलाएका थिए । मध्यान्तरअघि ४ गोल गरेको स्वान्सीले दोस्रो हाफमा ४ गोल थप्दै रबाफिलो जित पक्का गरेको हो ।
५३औं मिनेटमा काइलेले पाँचौं गोल गर्दै स्वान्सीको अग्रता थप बढाएका थिए । त्यसको ४ मिनेटपछि रोट्लेड्जले स्वान्सीका लागि छैटाैगोल गरे । ६५औं मिनेटमा क्यारोलले गोल गर्दै टोलीको अग्रता ७–१ मा पु¥याएका थिए ।

खेल सकिन ६ मिनेट बाँकी हुँदा जेम्सले क्लबका लागि पहिलो गोल गर्दै स्वान्सीको सानदार जित पक्का गरेका थिए ।स्वान्सीले पाँचौं चरणको खेलमा कार्लोस कार्भाहलको पूर्वक्लब सेफिल्डको सामना गर्नेछ।च्याम्पियनसिपको क्लबले यसै सिजनको सुरुआतमा कार्भाहाललाई बर्खास्त गरेको थियो ।कार्भाहलको आगमनपछि स्वान्सी लिभरपुल र आर्सनलजस्ता शीर्ष टोलीलाई स्तब्ध पार्दै इङ्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रबाट उम्कन सफल भएको थियो ।

‘क्लब इतिहासमा यस प्रतियोगितामा हामीले हात पारेको यो फराकिलो जित हो । तर क्लबले हात पारेको उपलब्धिसँगै पछिल्लो केही सातायता खेलाडीले गरेको मिहिनेत र अत्मविश्वास अझ महत्वपूर्ण छ,’ कार्भाहालले भने, ‘खेलाडीले जस्तोसुकै चुनौतीको पनि सामना गर्ने सक्षम छांै भन्ने प्रमाणित गरे । यो गर्वको विषय हो ।’

त्यस्तै हडर्सफिल्डले बर्मिङ्घमलाई ४–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडविरुद्ध पाँचौं चरणको भिडन्त पक्का गर्यो ।यता रोज्डालेले मिलबालमाथि १–० को जित हात पार्दै प्रतियोगितको पाँचौं चरणको टिकट काट्यो ।कार्भाहलको आगमनपछि स्वान्सी लिभरपुल र आर्सनलजस्ता शीर्ष टोलीलाई स्तब्ध पार्दै इङ्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रबाट उम्कन सफल भएको थियो ।

 

प्रकाशित: २५ माघ २०७४ ०१:४० बिहीबार

स्वान्सीलाई रबाफिलो नतिजा