खेल

भारतीय लिजेन्डद्वारा ट्रफी अनावरण

ट्रफी अनावरणपछि भारतीय लिजेन्ड भाइचुङ भुटिया (बायाँबाट दोस्रो)। तस्बिर : एनएसएल

शुक्रबारै एक कार्यक्रमबीच आयोजकले यस संस्करणको ट्रफी सार्वजनिक गरेको थियो। भारतीय फुटबलका लिजेन्ड भाइचुङ भुटिया, कलाकार दयाहाङ राई, आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरी र निर्देशक श्रेयान्स कार्की, नेपालका कप्तान तथा गोलकिपर किरण चेमजोङले ट्रफी अनावरण गरेका थिए।

भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका भुटियाले २६ वर्षपछि दशरथ रंगशालामा प्रवेश गरेको उल्लेख गर्दै यहाँ धेरै परिवर्तन आएको बताए।

‘विदेशमा खेल्न गएको हुँदा धेरै समय यहाँ आएर खेल्न पाइनँ। इन्डियन फुटबलमा हामी धेरै राम्रो गर्दै छौं,’ भुटियाले भने, ‘नेपालमा पनि राम्रो हुँदै जान्छ। नेपाल अहिले राम्रो लयमा छ। युथ टिममा राम्रो भएको छ।’

उनी सन् १९९७ को तेस्रो साफ च्याम्पियनसिप खेल्न त्यति बेला नेपाल आएका थिए। त्यसयता पहिलोपटक दशरथ रंगशालामा टेकेको अनुभव उनले सुनाए।

प्रकाशित: १४ पुस २०८० ०१:२४ शनिबार

भारतीय लिजेन्ड ट्रफी अनावरण भाइचुङ भुटिया दयाहाङ राई नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट