खेल

महिला भलिबलमा एपिएप र न्यु डायमन्डबीच फाइनल

काठमाडौं – शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यु डायमन्ड र  सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सोमबार नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएकोे पहिलो सेमिफाइनलमा न्यु डायमन्डले पोखराको टप्स उच्च माविलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गर्दा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।आयोजक न्यु डायमन्ड एकेडेमीले टप्समाथि २५–९, २२–२५, २५–१८, २५–१५ को विजय हासिल गर्यो । न्यु डायमन्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी ओपन स्पाइकर पनमिका राई वुमन अफ दी म्याच भइन् ।

वुमन अफ दी म्याच चुनिएकी क्विक स्पाइकर हीरा केसीको प्रदर्शनप्रेरित एपिएफले विभागीय प्रतिद्वन्द्वी आर्मी क्लबलाई २५–१५, २५–१७, २५–६ को सेटमा हरायो । वुमन अफ दी म्याच चुनिएका खेलाडीले साहस ब्रान्डको ट्य्राक सुट पुरस्कार जिते ।  एपिएफ र न्यु डायमन्डले मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । टप्स र आर्मीले तेस्रो स्थानका लागि खेल्नेछन् । तीनदिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनिए पनि नेपाल पुलिस र दाङको श्रीगाउँ खेलकुद विकास समितिले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको थियो ।

 

प्रकाशित: २३ माघ २०७४ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App