खेल

उपाधिका लागि स्थान सुरक्षित गर्न पोखरा र ललितपुर भिड्दै

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।

दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।

दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ।

आजको खेलमा जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ। साथै उपाधिका लागि धनगढीसँगको भिडन्त तय गर्नेछ।

धनगढीले प्ले अफको पहिलो खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँद फाइनलको यात्रा तय गरेको हो।

पोखराले उपाधिका लागि स्थान सुरक्षित गर्न यो दोस्रो मौका पाएको हो। भोलिको खेलमा पोखरा र ललितपुर गर या मरको स्थितिमा मैदान उत्रने छन्।  

प्रकाशित: १२ पुस २०८० ०२:१९ बिहीबार

दोस्रो संस्करण नेपाल सुपर लिग एनएसएल उपाधि पोखरा थन्डर्स ललितपुर सिटी एफसी दशरथ रङ्गशाला धनगढी