खेल

मिडिया कपमा चितवन च्याम्पियन

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे)ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ।

आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुट्सल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले हरायो। च्याम्पियन टिमका लागि अनिश श्रेष्ठ र गगन श्रेष्ठले ४/४ गोल गरे। काठमाडौँका अभिनव जोशीले चार गोल गरेका थिए।

प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्र, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवाः कलाकार र पत्रकार दबू ललितपुर शाखाको पनि सहभागिता थियो।

सो प्रतियोगिताको समूहचरण सकिएपछि नेवाः महिला पत्रकार र नेवाः महिला कलाकारबीच मैत्रीपूर्ण खेल भएको थियो। जसमा नेवाः महिला पत्रकार २–१ ले विजेता बनेको थियो।

प्रतियोगिताको उद्घाटन ललितपुरमहानगरपलिका वडा– ५ का अध्यक्ष विकासमान चित्रकार र समापन ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले गरेका थिए।

प्रकाशित: १० पुस २०८० ०२:२५ मंगलबार

मिडिया कपमा चितवन च्याम्पियन नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे)