खेल

एनएसएल: फाइनल प्रवेशका लागि आज धनगढी र पोखरा भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज प्ले अफको पहिलो खेल हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्नका लागि आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन्।

लिग चरणमा पहिलो स्थान हासिल गरेको पोखरा र दोस्रो स्थान हासिल गरेको धनगढीबीचको आजको पहिलो क्वालिफायर साँझ ५ः३० बजे दशरथ रङ्गशालामा हुनेछ।

खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका पाउनेछ। उसले इलिमिनेटर राउण्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग खेल्नेछ।

पोखराले लिग चरणमा सर्वाधिक ४ खेलमा जित हात पार्‍यो भने धनगढीका पछिल्ला केही खेल सुखद रहेनन्। प्रतियोगितामा शानदार सुरुवात गरेको धनगढीले पछिल्लो खेलमा पोखरासँग बराबरी मात्र खेलेन, त्यसअघि झापासँग २–० को हारनै ब्यहोर्न पर्‍यो।  

धनगढी प्रतियोगिताको साविक उप विजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो।

प्रकाशित: ९ पुस २०८० ०१:५० सोमबार

नेपाल सुपर लिग एनएसएल प्ले अफ फाइनल पोखरा थन्डर्स धनगढी एफसी दशरथ रङ्गशाला