खेल

प्रधानमन्त्री कपः कोशीद्वारा मधेश प्रदेश ६० रनले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको छ। कीर्तिपुर मैदानमा आईतवार भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हराउँदै तेस्रो जित हात पारेको हो।

सुरुवातमा ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। कप्तान रुबिना क्षेत्रीले ५७ रन बनाएको इनिङ्समा अपसरी बेगमले ३९ रनको योगदान गरिन्। सबनम राई १६ रनमा अविजित रहिन्।

मधेशकी मिना महतोले २ तथा पुजा महतो र सरस्वती कुमारीले समान एक एक विकेट लिए। 

१ सय ३० रनको लक्ष्य सहित मैदान आएको मधेशले ९ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो। साना प्रविनले अविजित २७ रन र आरती महतोले २८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। सबनम राई र अलिशा खडियाले समान २ तथा संगिता राई र रुबिना क्षेत्रीले समान एक विकेट झारेका थिए।  

कोशी लगातार तेस्रो खेलमा जित निकालेर ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित: ८ पुस २०८० ०७:४३ आइतबार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता कोशी प्रदेश मधेश प्रदेश ६० रनले पराजित ब्याटिङ ४ विकेट