खेल

थिमिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शुक्रबारदेखि दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म चल्ने छ।

प्रतियोगितामा नगरका १८ सामुदायिक सहित कुल ३७ वटा विद्यालयका एक हजार दुई सय २८ जना विद्यार्थीहरु सहभागी छन्। प्रतियोगितामा  विभिन्न ६ वटा खेलमा प्रतिस्पर्धा हुनेछ।  एथलेटिक्स, कवर्डी, मार्सल आर्टस्, भलिवल, कराते र उसुका खेलहरु समावेश गरिएको छ। 

प्रकाशित: ६ पुस २०८० ११:५३ शुक्रबार

राष्ट्रपति रनिङ शिल्ड दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सामुदायिक