खेल

पुलिसद्वारा मनाङ ३–१ ले पराजित

तस्बिर : गोलनेपाल डटकम

पोखरा – नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 
मंगलबार (आज) भएको अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले अघिल्लो चरणको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।

तुलनात्मक रुपमा कमजोर मानिएको पुलिसको युवा टोलीले सबैलाई चकित पार्दै मनाङलाई दवावमा राख्दै दोस्रो हाफमा लगातार ३ गोल गरेको थियो। 

पुलिसको जितमा दोस्रो हाफको ५३ औं मिनेटमा निरकुमार राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा निरकुमारकै पासमा दिनेश राजबंशीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे लाई २ गोलको अग्रता दिलाएका थिए । 
मनाङको पोष्टमा पटक पटक बल प्रहार गरेको पुलिस पुनः खेलको ७१ औं मिनेटमा ३–० को अग्रता लिन सफल भएको थियो । पुलिसका लागि सुमन लामाले गोल गरेका थिए।

मनाङका लागि खेलको ८० औं मिनेटमा बिशाल राईले १ गोल फर्काएका पनि टोलीको हार टार्न सकेनन् ।

खेलको म्यान अफ दि म्याच पुलिसका सुमन लामा भए।

मनाङले पाएका केहि अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । 

मनाङ वाइ पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको थियोे भने पुलिसले झापा ११ लाई १–० ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको थियो। 

पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।

मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

प्रकाशित: १६ माघ २०७४ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App