खेल

भारतको यूपीविरुद्ध पर्सा–११ को रोमाञ्चक जित

.

प्रो क्लब च्याम्पियनसिप

पर्सा इलाभेनले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। 

बिहीबार भएको उद्घाटन खेलमा भारतको यूपी इलाभेनलाई एक विकेटले हराउँदै पर्साले विजयी सुरुवात गरेको हो।

यूपी इलाभेनले दिएको ६७ रनको लक्ष्य पर्सा इलाभेनले १६.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि अनिल साहले १८ र कप्तान सन्दीप लामिछानेले १२ रन जोडे। 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। यूपी इलाभेनका लागि तरुण कुमार र वासि अन्सारीले सर्वाधिक दुई/दुई विकेट लिए।

त्यसअघि वीरगन्जको नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको यूपी इलाभेन १६ ओभरमा ६६ रनमै अलआउट भएको हो। उसका लागि समीर अन्सारीले २४, जयदीप सिंह र तरुण कुमारले १२/१२ रन बनाए।

पर्सा–११ का लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए। यस्तै, रञ्जित कुमार, पवन सर्राफ र रुपेश सिंहले दुई/दुई तथा शफिउल्लाह अन्सारीले एक विकेट लिए।

प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ को सहभागिता रहेको छ।

प्रकाशित: ५ पुस २०८० १४:२९ बिहीबार

प्रो क्लब क्रिकेट च्याम्पियनसिप पर्सा इलाभेन सन्दीप लामिछाने यूपी इलाभेन