खेल

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी यु–१९ को फाइनलमा

न्यूजिल्याण्ड– अष्ट्रेलिया आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

न्यूजिल्याण्डको हग्ले ओभल क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १ सय ८२ रनको लक्ष्य अष्ट्रेलियाले ३७ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४८ ओभरमा सबै विकेट गुमाउदै १ सय ८१ रन मात्र बनाएको थियो । अष्ट्रेलियाले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल मंगलवार भारत र पाकिस्तानबीच हुँदैछ । फाइनल खेल फेब्रुरुअरी ३ (माघ २० शनिवार) मा हुँदैछ ।

प्रकाशित: १५ माघ २०७४ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App