खेल

अस्ट्रेलियाले क्लिन स्विप टार्यो

सिड्नी– अस्ट्रेलियाले शुक्रबार चौथो एकदिवसीय खेलमा इङ्ल्यान्डलाई  ३ विकेटले पराजित गरेको छ ।
इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य अस्ट्रेलियाले ३७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियाका ओपनर टार्भिस हेडले सर्वाधिक ९६ रन जोडे भने मिचेल मार्सले ३३ रन जोडे । १ सय ७ बल खेलेका हेडले १५ चौका प्रहार गर्दा ३० बलको सामना गरेका मार्सले ३ चौका र १ छक्का प्रहार गरे ।इङ्ल्यान्डका एडिल रसिदले ३ तथा क्रिस ओक्स, मार्क उड र टम कुरानले समान १-१ विकेट लिए ।यस जितसँगै अस्ट्रेलियाले पाँच एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ सम्भावना टारेको छ । इङ्ल्यान्डले यसअघिका तीनवटै खेल जित्दै  शृंखला हात पारेको थियो ।

यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्ड ४४.५ ओभरमा  १ सय ९६ रनमा समेटिएको थियो ।इङ्ल्यान्डका क्रिस ओक्सले सर्वाधिक ७८ र रसिदले ३४ रन जोडे । ओक्स र रसिदले आठाै विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए । ८२ बल खेलेका ओक्सले ४ चौका र ५ छक्का प्रहार गर्दा ३५ बलको सामना गरेका रसिदले २ चौका र १ छक्का प्रहार गरे ।इङ्ल्यान्डलाई कम योगफलमा रोक्न अस्ट्रेलियाका पेट कमिङ्सले ४ तथा जोस हाज्लेउड र एन्ड्र्यु टोएले समान ३-३ विकेट लिए ।

 

प्रकाशित: १३ माघ २०७४ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App