खेल

एन्फाको सिइओमा इन्द्रमान

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आगामी माघ ८ गते काठमाडौंमा हुने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको बैठकले विशेष साधारणसभा काठमाडौंमा गर्ने निर्णय गरेको हो। केन्द्रीय सदस्य पेमा लामाले बहिष्कार गरेको बैठकले संघको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई नियुक्त गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्यसमेत रहेकी लामाले एन्फाको महिला कमिटीका सदस्यलाई बैठकमा सहभागी नगराइएको भन्दै बैठक बहिष्कार गरेकी हुन्। बैठकमा उपस्थित भएर उनी सुरुमा नै बाहिरिइन्। तर, सो बैठकले एन्फाद्वारा आयोजना गरिने प्रतियोगिताको टिकटबाट उठेका रकमको २० प्रतिशत खेलाडीलाई दिने र दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप र यु–१६ च्यम्पियनसिप आयोजनाका लागि दाबी पेस गर्ने लगायतका निर्णय गरेको छ। 

प्रकाशित: ३ पुस २०८० ०१:१५ मंगलबार

एन्फाको सिइओमा इन्द्रमान विशेष साधारण सभा केन्द्रीय सदस्य पेमा लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)