खेल

मोउरिन्हो २०२० सम्म म्यानचेष्टर युनाइटेडमै रहने

म्यानचेष्टर – म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो सन २०२० सम्म क्लबमै रहने भएका छन्। पोर्चुगलका ५४ वर्षीय प्रशिक्षक मोउरिन्होको कार्यकाल सन् २०१९ मा सकिदै थियो। 

मोउरिन्हो सन् २०१६ मा म्यानचेष्टर युनाइटेडको प्रशिक्षमा नियुक्त भएका थिए। मोउरिन्हो प्रशिक्षकमा नियुक्त भएपछि युनाइटेडले युरोपा लिग र इएफएल कपको उपाधि जितेको थियो। 

नयाँ सम्झैतामा हस्ताक्षरपछि मोउरिन्होले युवा खेलाडी रहेको टोलीसँग थप सम्झैता गर्दा आफू धेरै खुसी रहेको बताए। 

टिमलाई यो बर्ष प्रिमियर लिगको उपाधि जित्न कठिन रहेपनि च्यायिम्पयन्स लिग र एफ ए कपको उपाधि जित्ने सम्भावना कायमै रहेको उनको भनाई छ। प्रशिक्षक मोउरिन्होको टोली म्यानचेष्टर युनाइटेड अहिले प्रिमियर लिगको दोश्रो स्थानमा रहेको छ। ।

प्रकाशित: १२ माघ २०७४ ०५:१२ शुक्रबार

मोउरिन्हो २०२० म्यानचेष्टर युनाइटेडमै रहने