खेल

बार्सिलोना कोपा डेल रे फुटबलकोको सेमिफाइनलमा

स्पेन – बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।विहिबार राति सम्पन्न क्वाटरफाईनलको दोस्रो लेगमा इस्पानियोललाई २–० ले हराउदै बार्सिलोनाले अघिल्लो स्थानमा ठाउँ पक्का गर्न सफल भएको छ। 

बार्सिलोनाको जितमा ९ औं मिनेटमा लुईस सुवारेज र २५ औं मिनेटमा लियोनल मेस्सीले गोल गरेका थिए । पहिलो लेगमा १–० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा भने उत्कृष्ठ प्रदर्शन गर्दै २–० को नतिजा निकाल्यो।

यससँगै बार्सिलोनाले समग्रमा खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो। सो खेलमा केहि समयमात्र लिभरपुलबाट आएका ब्राजिलियन खेलाडी फिलिप कौटिन्होले खेलको ६८ औं मिनेटमा बार्सिलोनाबाट डेब्यु गरेका थिए।  यो सँगै बार्सिलोना, सेभिया, भ्यालेन्सिया र लेगानेस कोपा डेल रे फुटबलको सेमीफाईनलमा प्रवेश गरेका छन्।

प्रकाशित: १२ माघ २०७४ ०४:३० शुक्रबार

बार्सिलोना कोपा डेल रे फुटबलकोको सेमिफाइनलमा