खेल

जुम्लामा रंगशाला निर्माणले गति लिँदै

फाइल तस्बिर

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासीमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।

आयोजनाअन्तर्गत नगरपालिकाभित्रका एकीकृत सहरी पूर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख महेन्द्र सिंहले जानकारी दिए।

आर्थिक वर्ष २०७९-८० देखि काम अघि बढेको हो। आयोजना प्रमुख सिंहका अनुसार उक्त काम २०८१ कात्तिकभित्र सक्नुपर्ने सम्झौता छ। नगरभित्रका विभिन्न भौतिक संरचनासहित रंगशाला निर्माणका लागि ४० करोड ६२ लाख रुपैयाँमा कवीन्द्र निर्माण सेवा कम्पनी प्रालि काठमाडाँंसँग सम्झौता भएको उनले जानकारी दिए।

जिल्लामा रंगशाला नहुँदा खेलाडीलाई खेल खेल्न र अभ्यास गर्न सकस हुने गरेको छ। अबको दुई वर्षभित्र रंगशाला निर्माण भएपछि जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने निर्माण आयोजना कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।

कर्णाली प्रदेशकै नमुना रंगशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालयले जनाएको छ।  –रासस

प्रकाशित: २ पुस २०८० ०६:०२ सोमबार

जुम्लामा रंगशाला सघन सहरी तथा भवन निर्माण आयोजना