खेल

डिभिजन २ का लागि नेपाली टोलीको घोषणा

काठमाडौं – नामिबियामा फेब्रुअरी ८ देखि १५ तारिखसम्म सञ्चालन हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। 

आइसीसी प्रतिनिधी अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खडकाले नेपाली टोलीको घोषणा गरेका हुन् ।

टोलीमा पहिलो पटक  युवा खेलाडी रोहितकुमार पौडेलले स्थान बनाएका छन। घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका रोहितले पहिलो पटक टोलीमा स्थान बनाउन सफल भएका हुन । यसअघि युएइ विरुद्धको खेलमा टाेलिमा परेका अनिल कुमार शाहले पनि डिभिजन–२ का स्थान बनाउन सफल भएका छन्। छनोट भएपनि अनिल पिचमा भने उत्रिएका थिएनन् । 

घोषित टोलीमा

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उपकप्तान)

शक्ति गौचन

बसन्त रेग्मी

शरद भेषवाकर

सोमपाल कामी

करन केसी

आरिफ शेख

सन्दिप लामिछाने

दिपेन्द्रसिंह ऐरी

दिलिप नाथ

ललित भण्डारी

बैकल्पिक खेलाडी

सुनिल धमला

ललित नारायण राजवंशी

सिद्धान्त लोहनी

किशोर महतो

नेपाली टोली शनिबार प्रशिक्षणका लागि युएइ जानेछ । युएइमा  नेपाली टिमले ३ वटा अभ्यास खेल खेल्नेछ। नेपाली टोली युएइ बाटै डिभिजन २ का लागि नामिविया प्रस्थान गर्नेछ। डिभिजन २ मा नेपाल सहित युएइ, क्यानडा, ओमान, केन्या, नामिबिया रहेका छन। 

प्रकाशित: ११ माघ २०७४ ०८:०० बिहीबार

डिभिजन का लागि नेपाली टोलीको घोषणा