इटहरी – सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा विहिबार (आज) मनाङ मस्र्याङ्दी र भारत कोलकत्ताको गरिफा स्पोर्टिङ क्लब भिड्दैछन।
खेल दिउँसो २ः३० बजे पछि इटहरीमा रंगशालामा सुरु हुनेछ।
आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० ले पराजित गर्दै गरिफा र झापा–११ लाई ४–३ ले हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश गरेका थिए।
आज विजयी हुने टोलीले उपाधिका लागि थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो।
माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदीबाट निर्मित ट्रफी प्राप्त गर्नेछ । उपविजेतालाई नगद ५ लाख प्रदान गरिनेछ।
प्रकाशित: ११ माघ २०७४ ०४:४९ बिहीबार