खेल

एसीसी १९ वर्ष मुनिको एसिया कप: युएईलाई पराजित गर्दै बङ्गलादेशले जित्यो उपाधि

बङ्गलादेशले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ।आज दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बङ्गलादेशले घरेलु टोली युएईलाई १९५ रनबाट हराउँदै उपाधि जितेको हो।  

यस अघि बङ्गलादेशले पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो। जितको लागि २८३ रन पछ्याएको घरेलु टोली युएईले २४ दशमलब ४ ओभरमा जम्मा ८७ रन बनाउँदा सबै विकेट गुमायो र खेल १९५ रनको भारी अन्तरबाट हार्न पुग्यो। बङ्गलादेशले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि पहिलो पटक जितेको हो।

एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि भारतले ७ पटक र अफ्गानिस्तानले १ पटक जितेको छ भने सन २०१२ मा खेलबराबरी भएर यो उपाधि पाकिस्तान र भारतलाई सयुक्त रुपमा प्रदान गरिएको थियो।

यस अघि बङ्गलादेशले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो भने युएईले पाकिस्तानलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो। युएईले समूह चरणमा श्रीलङ्कालाई र जापानलाई हराएको थियो भने बङ्गलादेशसँग पराजित भएको थियो। यस प्रतियोगितामा नेपाल चाही पाकिस्तान ,भारत र अफ्गानिस्तानसंगै पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो। 

प्रकाशित: १ पुस २०८० ११:५६ आइतबार

एसीसी १९ वर्ष मुनिको एसिया कप युएईलाई पराजित गर्दै बङ्गलादेशले जित्यो उपाधि