खेल

एसीसी १९ वर्ष मुनिको एसिया कप: युएईविरुद्ध र बङ्गलादेशले २८२ रन बनायो

युएईले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जित्न बंगलादेशविरुद्ध २८३ रन बनाउँनु पर्ने भएको छ।  

दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु टोली युएई विरुद्ध बंगलादेशले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको छ।

यस अघि बङ्गलादेशले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो भने युएईले पाकिस्तानलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो।

प्रकाशित: १ पुस २०८० ०९:५७ आइतबार

एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेट उपाधि बंगलादेश युएई