खेल

बायर्नको शीर्षता थप बलियो

बर्लिन– स्ट्राइकर रोबर्ट लेवान्डोवस्की र थोमस मुलरको दुई/दुई गोलप्रेरित बायर्न म्युनिखले आइतबार वेर्डर बे्रमेनलाई ४–२ ले पराजित गर्दैै बुन्डेसलिगामा शीर्षता थप बलियो पारेको छ ।

२५औं मिनेटमा जेरोमे गोन्डोर्पmले गरेको गोलमा ब्रेमेनले अग्रता लिएको थियो।

मध्यान्तर हुन ४ मिनेट बाँकी हुँदा थोमस मुलरले गरेको गोल गरेपछि बायर्न खेलमा फर्किएको थियो।
६३औं मिनेटमा लेवान्डोवस्कीले गोल गर्दा बायर्नले अग्रता लिएको थियो।

बायर्नका निकाल्स सिउलेले ७४औं मिनेटमा आत्मघाती गोल गर्दै ब्रेमेनलाई खेलमा फर्काएका थिए ।
त्यसको ३ मिनेटपछि लेवान्डोवस्कीको गोलमा बायर्नले पुनः अग्रता लिएको थियो । जारी सिजन १८ खेलमा लेवान्डोवस्कीको गरेको यो १७औं गोल हो र उनी जारी सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्र स्थानमा छन् । जुन दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डका स्ट्राइकर पिरे इमरिक औबामेयाङभन्दा ४ गोल बढी हो।

८४औं मिनेटमा मुलरले गोल गर्दा बायर्नले तीन अंक पक्का गरेको थियो ।
यस जितपछि १९ खेलमा ४७ अंक जोडेको बायर्न शीर्ष स्थानमा यथावत् छ । जुन दोस्रो स्थानको बायर लेभरकुसनभन्दा १६ अंक बढी हो । समान खेलमा १६ अंक जोडेको बे्रमेन १६औं स्थानमा छ।

बुन्डेसलिगाअन्तर्गत आइतबार सम्पन्न अर्को खेलमा साल्के र ह्यानोभरले १–१ को बराबरी खेलेका छन्।
१६औं मिनेटमा मार्को पिजाकाले गरेको गोलमा साल्केले अग्रता लिएको थियो । तर अन्तिम ४ मिनेट सम्हालिन नसक्दा साल्के अंक बाँड्न बाध्य भएको थियो । निकाल्स फ्युलर्कुङले गरेको गोलमा ह्यानोभर खेलमा फर्किएको थियो।

यस बराबरीपछि ३१ अंक जोडेको साल्के तेस्रो स्थानमा छ । समान खेलमा २७ अंक जोडेको ह्यानोभर १०औं स्थानमा छ ।

प्रकाशित: ९ माघ २०७४ ०३:३५ मंगलबार

बायर्नको शीर्षता बलियो