खेल

पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हरायो

५ खेलको शृखंलाको  पहिलो इङ्ल्यान्डमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको छ।घरेलु टोली वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ४ विकेटले हराएको हो।

इङ्ल्यान्डले दिएको १ सय ७२ रनको लक्ष्य वेस्ट इन्डिजले १८दशमलब १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।  

वेस्ट इन्डिजका लागि साइ होपले ३६, कायल मायर्सले ३५, कप्तान रोभमन पावेलले अविजित ३१, आन्द्रे रसेलले अविजित २९ तथा ब्रेन्डन किंगले २२ रन बनाए।इङ्ल्यान्डका लागि रेहान अहमदले ३, आदिल राशिदले २ र क्रिस वोक्सले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले १९दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै  १ सय ७१ रन बनाएको थियो।इङ्ल्यान्डका लागि फिलिप साल्टले ४०, कप्तान जोस बटलरले ३९, लियम लिभिङस्टोनले २७, विल ज्याक्सले १७, बेन डुकेटले १४ तथा साम करन १३ रन बनाए।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अल्जारी जोशेफले समान तीन ३, रोमारियो शेफर्डले २ तथा जेसन होल्डर र अकिल हुसेनले एक एक विकेट लिए।  

प्रकाशित: २७ मंसिर २०८० ०४:२१ बुधबार

वेस्ट इन्डिज इङ्ल्यान्ड ट्वान्टी २० क्रिकेट