खेल

कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी

स्पेन – स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी भएको छ। विहिबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले उसैको मैदानमा लेगानेजालाई १–० ले पराजित गर्यो।

पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको रियलले गएराति भएको खेलमा भने जित निकालेको हो। रियलका लागि एकमात्र निर्यायक गोल खेलको ८९ मिनेटमा मार्को एसेन्सियोले गरेका थिए।

लेगानेजासँगको खेलमा रियल मड्रिड क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो र करिम बेन्जीमा बिनानै मैदानमा उत्रेको थियो।

यी दुई टोलीबीच क्वाटरफाईनलको दोस्रो लेग जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ।

प्रकाशित: ५ माघ २०७४ ०५:०९ शुक्रबार

कोपा डेल रे फुटबलमा रियाल मड्रिड