खेल

नेपालले २१ रनमै ६ विकेट गुमायो

यू-१९ एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले नवौ ओभरसम्म २१ रन बनाउँदै ६ विकेट गुमाएको छ।

खेलको चौथो ओभरमा दिपक वोहोरलाई गुमाएको नेपालले त्यस लगत्तै उत्तम मगर, अर्जुन कुमाल, उत्तम मगर, देव खनाल, गुल्सन झालाई गुमाएको छ। अहिले नेपाल १० ओभरमा २१ रन बनाएर खेल्दै छ। भारतका बलर राज लिम्बानीले ५ ओभर बलिङगर्दै नेपालका ४ विकेट लिए।

यसअघि टस जितेर भारतले बलिङ्ग रोज्दै नेपाललाई ब्याटिङ्गको निम्तो दिएको हो। भारतसँग आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ।

नेपाल र भारत बीचको खेल अहिले आइसीसीए क्रिकेट मैदान २ मा जारी छ।  

प्रकाशित: २६ मंसिर २०८० ०६:३६ मंगलबार

यू–१९ एसिया कप क्रिकेट नेपाल र भारत बीचको खेल