खेल

यू–१९ एसिया कप क्रिकेटः टस हारेर पहिले ब्याटिङ्ग गर्दै नेपाल

फाइल तस्बिर

यू–१९ एसिया कप क्रिकेटमा नेपालले टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको छ। टस जितेर भारतले बलिङ्ग रोज्दै नेपाललाई ब्याटिङ्गको निम्तो दिएको हो। भारतसँग आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ।

नेपाल र भारतबीचको खेल अहिले आइसीसीए क्रिकेट मैदान २ मा अहिले ११ः १५ बजे सुरु हुनेछ।

समूह ‘ए’ मा रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा पराजय भोगिसकेको छ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो।त्यसकारण पनि आजको खेलमा जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ।

४ टोली सहभागी समूह ‘ए’ मा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा रहेको छ। हालसम्मको अवस्थामा ४ वटै टोलीले समान २÷२ खेल खेलेका छन्। जसमा पाकिस्तानले दुबै खेलमा जित हात पारेको छ भने भारत एकमा जित र एकमा पराजित भएको छ। अफगानिस्तानले पनि एकमा जित र एकमा पराजय भोगेको छ। र, ऊ तेस्रो स्थानमा रहेको छ। जबकी नेपालले हालसम्म एक खेलमा पनि जित हात पार्न सकेको छैन र अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: २६ मंसिर २०८० ०५:१९ मंगलबार

यू–१९ एसिया कप क्रिकेट नेपाल टस हारेर पहिले ब्याटिङ्ग गर्ने भारत