खेल

लिग वान फुटबलमा पिएसजीको फराकिलो जित

फ्रान्स – फ्रेन्च लिग वान फुटबलमा शिर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पराकिलो जित दर्ता गरेको छ। 

लिग अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजीले डिजोनलाई ८–० को फराकिलो गोलअन्तरले हरायो ।  पिएसजीको जितमा स्ट्राइकर नेइमारले ४, डी मारियाले २ तथा एडिन्सन काभानी र केलियन एमबाप्पेले १–१ गोल गरे। पिएसजीले पहिलो हाफमा ४ र दोस्रो हाफमा समान ४ गोल गरेको थियो।

जितपछि २१ खेलबाट ५६ अंक जोडेको शिर्ष स्थानको पिएसजीले लिगमा ११ अंकको अग्रता कायम गरेको छ।  दोस्रो स्थानमा रहेको लिओनको समान खेलबाट ४५ अंक छ। 

प्रकाशित: ४ माघ २०७४ ०६:१९ बिहीबार

लिग वान फुटबलमा पिएसजीको फराकिलो जित