नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीले एफसी चितवनलाई ३ -१ गोलले पराजित गरेको हो। ललितपुरको जितमा पापा केबेले २ र विवेक पौडेलले १ गोल गरे।चितवनका लागि रफिक अमिनुले एक गोल फर्काएका हुन।
जितपछि ५ खेलमा २ मा जित र ३ खेल बराबरी खेल्दै ९ अङ्क जोडेर ललितपुर सिटी एफसी तालिकाको पहिलो स्थानमा उक्लेको छ।
यस्तै ५ खेलमा एक जित, २ खेलमा पराजित र २ खेलमा बराबरी रहँदै ५अङ्क जोडेर एफसी चितवन पाँचौ स्थानमा यथावत् रहेको छ।
प्रकाशित: २४ मंसिर २०८० १४:३९ आइतबार