खेल

लेष्टर र वेष्टह्याम एफए कपको अघिल्लो चरणमा

लण्डन – लेष्टर सिटी र वेष्टह्याम युनाइटेड एफए कप फुटबलमा विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्।

मंगलबार राति सम्पन्न तेस्रो चरणको रि प्ले खेलमा लेष्टर सिटीले फेल्टवुड टाउनलाई २–० ले हराउँदै अघिल्लो चरणमा स्थान बनाउन सफल भएको छ।  लेष्टरका लागि खेलको ४३ र ७७ औं मिनेटमा दुवै गोल केलिची इहिनाचोले गरेका थिए।

त्यस्तै  रातिनै भएको अर्को रि प्ले खेलमा वेष्टह्याम युनाईटेडले श्रिस्वुरी टाउनलाई १–० ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो। वेष्टह्यामका लागि एकमात्र गोल बुर्किले गरेका थिए। 

पहिलो चरणको खेलमा बराबरी भएपछि मंगलबार राति दोस्रो चरणमा रि प्ले खेलाइएको थियो।

यता राति सम्पन्न अन्य खेलहरुमा कार्डिफले म्यान्सफिल्डलाई ४–१, रिडिङले स्टेवेनागेलाई ३–० र सेफिल वेइनस्डेले कारलिस्लेलाई २–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेका छन्।  

एफए कप फुटबलमा आज राति चेल्सीले नर्वीच सिटीको सामना गर्दैछ।  यी २ टोलीबीच रि प्ले म्याच हुन लागेको हो।

प्रकाशित: ३ माघ २०७४ ०४:४७ बुधबार

लेष्टर वेष्टह्याम एफए कपको अघिल्लो चरणमा