खेल

अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता

यु–१९ एसिया कप क्रिकेटमा नेपालले आजको खेलमा  अफगानिस्तानको  पहिलो विकेट लिएको छ । खेलको दोस्रो  ओभरमा नेपालको तर्फबाट गुल्सन झाले अफगानिस्तान खेलाडी वाफीवुल्ला तरखीललाई    आउट गर्दै विकेट लिएका हुन् । 

यस अघि नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । अघिल्लो खेलमा पाकिस्तानसँग हारेको नेपाललाई आजको आजको खेलमा जित्नै पर्ने दबाब छ।

नेपाल र अफगानिस्तानबीचको खेल युएईस्थित आइसिसी ग्राउन्ड २ मा भइरहेको छ । 

प्रकाशित: २४ मंसिर २०८० ०५:४८ आइतबार

अफगानिस्तानविरुद्ध नेपाल एसिसी यु–१९ एसिया कप