खेल

न्यू स्टार पोलको जित

न्यु स्टार पोलले १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ।

मूलपानीमा भएको खेलमा न्यु स्टार पोलले पुष्प वाटिकालाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो। विजेताका मुकेश घर्ती मगर ‘म्यान अफ दी म्याच’ घोषित भए। स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा अक्षरिका र कस्मिक इन्टरनेसनलले पनि जित हात पारे।

अक्षरिकाले श्रमशीललाई ४-१ गोलले हरायो। अक्षरिकाका जेनिस घिसिङ ‘म्याच अफ दी म्याच’ चुनिए। मनाङ्क चिल्ड्रेन प्याराडाइसविरुद्धको खेलमा कस्मिक ३-० ले विजयी भयो। मनाङ्कका पुजन मैनाली ‘म्यान अफ दी म्याच’ बने।

प्रकाशित: २४ मंसिर २०८० ०१:४९ आइतबार

१६औं फेका कप न्यु स्टार पोल छात्र फुटबल प्रतियोगिता