खेल

राष्ट्रिय पुरुष फुटबलः एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

दाङ – दाङको घोराही र तुलसीपुर मैदानमा मंगलबारदेखि २८ औं राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।

पाँच बिकास क्षेत्र र तीन बिभागीय समूह सहभागी प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र सुदूर पश्चिमाञ्चल बिजयी भएको छ।

तुलसीपुरको अरनिको मैदानमा भएको पहिलो खेलमा मध्य पश्चिमाञ्चल विकास क्षेत्रविरुद्ध एपीएफ १–० गोलले बिजयी भयो। एफिएफका तर्फबाट अमृत अधिकारीले गोल गरेका थिए।

यस्तै, घोराहीस्थित भरतपुर खेल मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले मध्यमाञ्चललाई १–० गोलले पराजित गर्यो। सुदूर पश्चिमाञ्चलका फिलिप तामाङले दोस्रो हाफको ४२ औँ मिनेटमा गोल गरेका थिए।

प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २ माघ २०७४ १५:५४ मंगलबार

राष्ट्रिय पुरुष फुटबलः एपीएफ सुदूरपश्चिमको सुरुवात