खेल

यू–१९ एसिया कप क्रिकेटः नेपाल आज अफगानिस्तानसँग खेल्दै

यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो। 

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ।

यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ।

आजै हुने अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड १ मा ११ः १५ बजे सुरु हुनेछ।

प्रकाशित: २४ मंसिर २०८० ०१:१८ आइतबार

यू–१९ एसिया कप क्रिकेट नेपाल अफगानिस्तान यूएइ