खेल

साझेदारीको २५ वर्षमा नयाँ बियर

काठमाडौं– इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलसँगको साझेदारी २५औं वर्षमा प्रवेश गरेको अवसरमा काल्सबर्गले ‘दी रेड होप’ बियर बजारमा ल्याएको छ। 

यस बियरका बोतल सीमित मात्रामा मात्र उपलब्ध हुनेछन्।

‘हामी लिभरपुलसँग गाँसिएको २५ वर्ष भयो । यो साझेदारी खेलकुद सम्बन्धमा भएको साझेदारीहरूमध्येकै सर्वाधिक लामो साझेदारी हो । हामीले यो सम्बन्धलाई थप मजबुत बनाउन ‘दी रेड होप’ लिमिटेड एडिसन बजारमा ल्याएका हौं,’ गोर्खा ब्रुअरीका उप–प्रवन्ध निर्देशक सुरेन्द्र सिलबालले भने।

सोही अवसरमा लिभरपुका समर्थक स्वर्गीय विकास न्यौपानेलाई काल्सबर्गले  सम्मान गरेको थियो । लिभरपुलका सबै खेलाडीले हस्ताक्षर गरेको जर्सी विकासका बुबा टेकबहादुर न्यौपाने  र बहिनी सुलोचना न्यौपानेलाई हस्तान्तरण गरिएको थियो ।

 

प्रकाशित: २ माघ २०७४ ०३:४१ मंगलबार

साझेदारीको २५ वर्षमा बियर