यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो विकेट हात लागेको छ।
नेपालले पाकिस्तानको दोस्रो विकेट ६ दशमलब ४ ओभरमा २३ रन हुँदा लिएको हो।दोस्रो विकेट गुल्सन झाले लिएका हुन।यस अघि पहिलो ओभरको तेस्रो बलमा पनि गुल्सन झाले पहिलो विकेट लिएर पाकिस्तानलाई दवावमा राखेका थिए । पाकिस्तानले पहिलो विकेट गुमाउँदा १ रन मात्र बनाएको थियो । ताजास्थीतीमा पाकिस्तानले ९ओभर ३ बलमा २ विकेट गुमाएर ३९ रन बनाउको छ । यस अघि नेपालले पहिलो ब्याटिङ गर्दै पाकिस्तानलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
यूएईमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले ४७ दशमलब २ ओभरमा १५२ रन बनाउँदा सबै विकेट गुमाएको हो।
नेपालका लागि सबैभन्दा वढि उत्तमथापा मगरले ५१ रन बनाए । उनले ७६ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएका हुन।
दिपेश कडेलले ५९ बलमा ३१ रन बनाए।त्यसैगरी कप्तान देव खनाल १३ बल खेल्दै शुन्य रनमा आउट हुदाँ आकाश त्रिपाठी ६ रनमा पोविलियन फर्किए।गुलसन झा समेत १ रनमा आउट भए।तिलक भण्डारीलाई ७ रनमा गुमाएको नेपालका लागि अर्जुन कुमाल २१ रन बनाएर आउट भएका छन्।
प्रतियोगितामा नेपाल समूह एमा छ।नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन्।समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन्।
प्रकाशित: २२ मंसिर २०८० १०:१७ शुक्रबार