खेल

एसिसी यू-१९ एसिया कप क्रिकेटः ५ विकेटको क्षतिमा नेपालको ६२ रन

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले कमजोर सुरुआत गरेको छ। दुबईमा भइरहेको खेलमा पकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमध्ये २० ओभर खेल्दै ५ विकेट गुमाइसकेको छ। 

हालसम्मको अवस्थामा नेपालले २३ ओभर खेल सकिँदा ५ विकेटको क्षतिमा ६२ रन बनाएको छ। अहिले नेपालका लागि दिपेश कँडेल र उत्तम मगर ब्याटिङ्ग गरिरहेका छन्।

नेपालका ५ विकेटमा देव खनाल, आकाश त्रिपाठी, तिलक भण्डारी, अर्जुन कुमाल र गुलशन झा आउट भइसकेका छन्।

प्रकाशित: २२ मंसिर २०८० ०७:१२ शुक्रबार

एसिसी उन्नाइस वर्षमुनि यु–१९ एसिया कप क्रिकेट नेपाल