खेल

पाकिस्तान विरुद्ध नेपालका कमजोर सुरुवात, १६ ओभरमा ४ विकेट गुम्यो

यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको चौथो विकेट झरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६ ओभरमा ४३ रन बनाउँदै चार विकेट गुमाएको छ।

पाकिस्तान विरुद्धको खेलमा देव खनाल चौथो विकेटका रुपमा शून्यमा आउट भएका छन्। उनले १३ बल खेलेको थिए।

यसअघि आकाश त्रिपाठी २२ बलमा ६ रन बनाउँदै आउट भएका थिए।

यसअघि तिलक भण्डारी ७ रनमा आउट भएका थिए। अहिले सबैभन्दा बढि रन बनाउन सफल अर्जुन कुमाल २१ रन बनाएर क्याच आउट भएका थिए। अहिले क्रिजमा गुल्शन झा र उत्तम मगर छन्। 

प्रकाशित: २२ मंसिर २०८० ०६:५३ शुक्रबार

यु–१९ एसिया कप क्रिकेट