खेल

कबड्डीको सेमिफाइनल समीकरण पूरा

काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत २२औं पुरुष तथा १७औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरुष–महिला दुवैतर्फ सेमिफाइनल समीकरण पूरा भएको राखेपले बुधबार जनाएको छ ।

बर्दियामा जारी प्रतियोगताको पुरुषतर्फ नेपाल आर्मी र मध्यमाञ्चल तथा पश्चिमाञ्चल र एपिएफबीच सेमिफाइनल हुनेछ । महिलाको सेमिफाइनलमा आर्मीले नेपाल प्रहरी तथा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चलविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल र फाइनल बिहीबार हुनेछन् ।
 

प्रकाशित: २७ पुस २०७४ ००:३७ बिहीबार

कबड्डीको सेमिफाइनल समीकरण पूरा