खेल

'एसिया ट्रेल मास्टर-२०२३' को उपाधि नेपालकी रशिलालाई

नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको 'एसिया ट्रेल मास्टर-२०२३' को उपाधि हात पारेकी छन्।

शनिवार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी उनले १२ घण्टा २५ मिनेट ५२ सेकेण्डमा पूरा गरिन्। यो दौड जित्ने रशिला पहिलो नेपाली धाविका समेत हुन्।

रशिलाले पछिल्लो समयम अन्तर्राष्ट्रिय स्तरमा अल्ट्रा रेसहरुमा प्रतिस्पर्धा गर्दै आएकी छन्। जसमा उनले पोडियम फिनिस पनि गरिरहेकी छन्।  

दौडमा बेल्जियमकी भान्जा कनोप्स निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो हुँदा फिलिपिन्सकी एन्जेली काबालो तेस्रो भइन्। उनले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पूरा गरिन्।

प्रकाशित: १७ मंसिर २०८० ०३:३३ आइतबार

नेपाल अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसिया एसिया ट्रेल मास्टर (एटिम) २०२३