खेल

ढोरपाटन क्लबलाई स्कुटरको साँचो

काठमाडौं– ढोरपाटन महिला भलिबल प्रतियोगिताको १३औं  संस्करणको प्रायोजक आइएमई अटोमोटिभ्सले क्लबलाई पाँच युएम पावर म्याक्स स्कुटरको साँचो हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा नेपालका  लागि आइएमई अटोमोटिभ्सका निर्देशक उज्वल जोशीले ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई साँचो हस्तान्तरण गरेका हुन् ।
 
प्रतियोगिताका  उत्कृष्ट, उदीयमान, वर्षखेलाडी र प्लेयर अफ दी सिरिज तथा एक भाग्यशाली दर्शकले आइएमई अटोमोटिभ्सको युएम पावर म्याक्स स्कुटर प्राप्त गर्नेछन् ।
 
‘आइएमई अटोमोटिभ्ससँग गरेको सम्झौताले हाम्रो हौसला बढेको छ । आशा छ, आगामी दिनमा पनि हाम्रो साझेदारीले निरन्तरता पाउनेछ,’ ढोरपाटन क्लबका अध्यक्ष छन्त्यालले भने ।
 
‘नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउनु हाम्रा लागि ठूलो उपलब्धि हो,’ जोशीले भने, ‘हामी  यो सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन सकारात्मक छांै ।’
 
माघ ४ देखि सुरु हुने प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ), न्यु डाइमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डाइमन्ड स्पोटर््स क्लब, टप्स उच्च मावि, पूर्वाञ्चल भलिबल संघ, पारामाउन्ट उच्च मावि, स्प्रिङ्डेल इङ्लिस स्कुल, श्रीगाउँ खेल विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडेमी गरी १२ टोलीको सहभागिता हुनेछ ।

प्रकाशित: २५ पुस २०७४ ००:३२ मंगलबार

ढोरपाटन क्लबलाई स्कुटरको साँचो