खेल

सेभेन–ए साइड फुटबल पुस २९ गतेदेखि

पोखरा – पोखरामा यहि पुस २९ देखि माघ ४ गतेसम्म बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । 

नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडीको सहभागीता रहने  प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज  आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं नेपाल सेभेन–ए साइड फुटबल फेडरेसनका अध्यक्ष नवीन पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार पोखरा लेखनाथ महानगरपालिका–६, लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने प्रतियोगिता प्रभू बैंकको नामबाट गर्न लागिएको हो ।  प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीलाई क्रमशः दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतियोगिताबाट  १९ लाख ५० हजार आम्दानी तथा  १८ लाख ५० हजार खर्च भई बचत रकम यस खेलको विकासका लागि खर्चिने अध्यक्ष पुनले जानकारी दिनुभयो । 

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा हुने सोे प्रतियोगिताले त्यहाँको पर्यटनसँग खेललाई जोड्ने बताउनुभयोे । (रासस)

प्रकाशित: २४ पुस २०७४ ०९:०७ सोमबार

सेभेन–ए साइड फुटबल २९ गतेदेखि