खेल

खप्तड गोल्डकप आजदेखि

कैलाली– मोफसलकै सर्वाधिक पुरस्कार राशिको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । धनगढीको क्षेत्रीय रंगशालामा दिउँसो १ बजे पछि सुरु हुने प्रतियोगिताको उद्घाटन कैलाली ५ बाट प्रतिनिधि सभाकी उम्मेदवार  डा. आरजु राणा देउवाले गर्ने कार्यक्रम छ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाडौंको च्यासल युथ क्लव आमने सामने हुँदैछन् । प्रतियोगिताकाको सम्पूर्ण तयारी सकिएको आयोजकले जानकारी दिएको छ ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा आयोजक सुदूरपश्चिम ११ सहित नेपालका उत्कृष्ठ क्लबहरु मनाङ मस्र्याङ्दी, थ्री स्टर, त्रिभुवन आमी,  एपिएफ, संकटा, च्यासल युथ क्लब, मोफसलका सफल टोलीहरु झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, धरान फुटबल क्लब, र १ विदेशी टोली डुक स्टार क्लब भुटान गरी १२ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताकाे लागि ३ हजार ५ सय दर्शक अटाउने प्याराफिट निमार्ण गरिएको छ ।

प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार १११ तथा उप बिजेताले ५ लाख ५५ हजार ५५५ सहित ट्रफी मेडल प्राप्त गर्नेछ । यस्तै प्रत्येक विधाका उत्कृष्टहरुलाई १५/१५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ठ एक खेलाडीले  मोटरसाइकल पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि १०/१० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित: २१ पुस २०७४ ०३:२८ शुक्रबार

खप्तड गोल्डकप आजदेखि